२२ माघ काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । यसअघि नेपालमा सञ्चालीत अर्काे टेलिकम्युनिकेसन् कम्पनी एनसेलले मात्रै सापटी दिने सेवा दिएको थियो । एनसेलले सापटीलाई अहिलेका युवा पुस्ताले खुबै रुचाएका छन् । टेलिकमको प्रतिस्पर्धि मानिने ऐनसेलले यो सेवा सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन । युवा पुस्ताले यस्तो सेवा खुबै मनपराएको देखेपछि टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘पैँचो’ लिने सेवा सुरु गरेको छ ।

सोमबार टेलिकमले आयोजना गरेकाे वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूअात गरे । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ ।

अर्थात् ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।

लहानमा अनलाइनबाटै विद्युत महशुल भुक्तानी, सेवाग्राही लाभान्वित – लहान । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेपछि सेवाग्राही लाभान्वित भएका छन् ।

ग्राहकको सुविधालाई ध्यान दिँदै पाँच दिन अगाडिबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा सुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्ऽ लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए ।

वितरण केन्ऽमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब ई-सेवा, महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, पेय प्वाइन्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महशुल बुझाउन सक्ने छन् ।

वितरण केन्ऽबाट विद्युत भुक्तानी गर्दा घन्टौ लाइनमा बसेर बिद्युत महशुल बुझाउन पर्ने बाध्यता हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेपछि बिद्युत महसुल भुत्तानीका लागि अनलाइन सेवा सुरु गरेको प्राधिकरणले बताएको छ । विद्युत् प्राधिकरण वितरण केन्ऽ लहान अन्तर्गत ४५ हजार ग्राहक छन् ।

त्यसैगरी विद्युत् प्राधिकरण वितरण केन्ऽ लहानले लामो समयदेखि विद्युत् महशुल बक्यौता विद्युत् महशुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्ने अभियान सुरु गरेको कार्यालयले जनाएको छ ।

नबुझाउने १४० जना सेवाग्राहीको विद्युत् लाइन काटिसकेको छ । ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० ग्राहकको विद्युत् लाइन काट्ने केन्द्रले जनाएको छ ।
अनलाईन खवरबाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया