पोखरा । पोखराको शान फेवातालमा पछिल्लो समय जलकुम्भी झारलाई निमुल पार्नको लागि विशेष खालको मेसिनको प्रयोग गर्न थालिएको छ । जलकुम्भीले फेवातालको स्वरुपलाई कुरुप पार्न थालेपछि उक्त त्यहाँको पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख र पोखरा महानगपालिका महानगरपालिकाको ७५ लाख सहयोगमा उक्त मेसिन ल्याइएको हो ।

जलकुम्भी झार निकाल्न क्यानडाबाट ‘एक्वाइटिक प्लान्ट हार्भेस्टिङ’ मेसिन ल्याइएको हो । मेसिनले तालको ६ फिट तलसम्मको झार निकाल्न मिल्छ । मिट ग्रुपले ल्याएको उक्त मेसिनको तौल २ टन छ । ३६ फिट लम्बाइ र ८.५ फिट चौडाइ भएको मेसिनले एकपटकमा २ टनसम्म झार निकाल्नसक्छ ।

यसअघि स्थानिय तथा बिभिन्न संघ संस्थाले हातैले जलकुम्भी झार निकाल्दै आएका थिए

यसअघि स्थानिय तथा बिभिन्न संघ संस्थाले हातैले जलकुम्भी झार निकाल्दै आएका थिए

मेसिनले तालमा गएर जलकुम्भी झार तथा तालमा फालिएका फोहोर निकाल्छ । उक्त मेसिन आएपछि पोखराका उद्योग व्यवसायी मात्रै होइनन् सर्वधरणहरु पनि निकै खुसी रहेका छन् । हाल उक्त मेसिनले झार तथा फोहोर टिप्ने काम गरिहेको छ । नेपालीपत्रसँग कुरा गर्दै पामेका स्थानीयबासी खगेन्द्र पौडेलले भने ‘यो काम साह्रै सराहनिय छ, यसले फेवाको सुन्दरता कायम राख्नको लागि मदत् पुग्नेछ ।’

मेसिनले निकालिएको झारलाई एक ठाउँमा जम्मा गरेर त्यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया