“फेसबुकले कसरी पैसा कमाउछ होला । तपाईलाई थाहा छ ?”
जवाफ दिन नसकेपछि “ लु मलाई यसबारे बताईदिन परो कसरी हो साँच्चै”

सरकारी अधिकृत लेभलको मान्छेलाई त यो कुरा अञ्जान छ भने सामान्य आम नेपालीहरु यो प्रश्नको सीधा र सटिक उत्तर दिन कसरी सकौला र । अति नै कम ब्यक्तिलाई मात्र यो बिषयमा गहन तरिकाले थाहा छ । कतिपय त मैले यतिसम्म भेटेको छु कि आइटी क्षेत्रमा एउटा ठुलो काम गरिरहेका आइटी प्रोफेशन गरेका ब्यक्तिलाई पनि यसको सजिलो उत्तर दिन आउदैन ।

आज फेसबुक बनाउने मार्क जुकरबर्ग कसरी विश्वको धनी यूवा बन्न सके होलान् त ? यो बारेमा चासो भएका र नभएका ब्यक्तिहरुले थाहा पाउन जरुरी नै छ । किनभने यसले प्रविधी कति शक्तिशाली छ भन्ने कुरा समेत स्पष्ट पार्छ ।
हामी यति लामो समय फेसबुक उपयोग गर्छौ तर त्यसको महत्वको बारेमा थाहा नभएर नै यो अवस्था श्रृजना भइरहेको छ । फेसबुक एउटा अवसर हो । जहाँ सबै कुरा गर्न पाइन्छ ।

साच्चै भन्ने हो भने हिजो गुगलले आफुलाई के सोच्थ्यो भने अब यो जगतमा मलाई बाहेक अरु कुनै पनि कुरा खोजि गर्न वेबसाइट खोल्दैनन् । मबाहेक अब यो संसारमा इन्टरनेट जगतमा कुनै कम्पनी नै छैन भन्यो । हुन पनि हो सर्च इन्जिनको दुनियाँमा आज सम्म पनि कुनै कम्पनीले टक्कर दिन चाहि सक्या छैन । तर “वन्लि” सर्च इन्जिनमा मात्र । तर उनको सोच मात्र मानिसले खोज्नेछन् मै सीमित रह्यो । तर केहि समयपछि नयाँ सोचको बिकास ग¥यो । त्यहिका यूवा नागरिकले ।

विश्वब्यापी मानिसलाई जोड्ने काम ग¥यो । उनले गुगलले भन्दा फरक खालको उपयोग सेवा दियो । बिस्तारै फेसबुकको सञ्जाल विश्वब्यापी रुपमा फैलियो ।

नेपालमा पनि त्यो अछुतो रहेन । ८० लाख भन्दा बढि प्रयोगकर्ताहरु नेपालमा छन् । तर तिनको सदुपयोग सकरात्मक रुपमा चाहे जस्तो हुन सकेन । यसबाट हामीले लिनुपर्ने वास्तविक लाभ लिन सकेनौ ।

व्यापारीक प्रयोजनका हिसाबले पनि अझै यसलाई भरपुर प्रयोग गरेर अघि बढ्न खाँसै सकेनौ । यसको सहि सचेतना हामीेले न प्रयोगकर्तामाझ नै पु¥याउन सक्यौ न त सरकारबाटै त्यस्तो कार्यक्रम आयो ।

आज हरेक दिन फेसबुकले विश्वब्यापी रुपमा आम्दानी गरिरहेको छ । उसलाई विश्वका खरबौ कम्पनीले दैनिक रुपमा बिज्ञापन बापत पैसा तिरिरहेको छ । उनलाई पैसा आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया