काठमाडौं । जिम्बाबेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्याण्डलाई फिल्डिङको निम्तो दिएको छ ।

आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्मबाबेसँग फराकिलो हारको सामना गरेको नेपाली टोली आज स्कटल्याण्डविरुद्ध फरक रणनीतिका साथ उत्रिने विश्वास गरिएको छ । पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो ।

समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौति छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने तयारीमा रहेको छ ।

नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

यसअघि भएका दुबै खेल जित्दै स्कटल्याण्ड अंक तालिकाको पहिलो स्थानमा रहेको छ । स्कटल्याण्डले अफगानिस्तान र हंकङलाई जितेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया