काठमाडौँ । जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले सुरुमै झट्का व्यहोरेको छ । नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै एक रन जोडेको अवस्थामा बोल्ड आउट हुन पुगेका छन् ।

नेपालले ५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २३ रन जोडेको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल एक, दीपेन्द्र सिंह ऐरी एक र दीलिप नाथ चार रनमा आउट भए । शरद भेषावकरले खाता खोल्न सकेनन् ।

नेपालले दोस्रो ओभरको पहिलो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । सात बल खेलेका ज्ञानेन्द्र बोल्ड आउट भएका हुन् । अर्का ओपनर दिलिप नाथ चार रनमा आउट भए ।

नेपालले ११ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । नेपालले १४ रनको स्थितिमा पाँचौं ओभरको पहिलो बलमा दीपेन्द्रलाई गुमाएको हो । लगत्तै अर्काे बलमा शरद आउट भए । स्टुवार्ट विटिङहामले तीन विकेट हात पारे ।

यस खेलका लागि नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । पहिलो खेलमा जिम्बावेविरुद्ध खेलेकै ११ खेलाडीलाई स्कटल्यान्डविरुद्ध उतारिदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया