बिहीबार राति सम्पन्न यूरोपियन लिगमा आर्सनलले जित दर्ता गरेको छ । एसी मिलानको घरेलु मैदान सान सिरोमा भएको अन्तिम १६ को पहिलो लेगमा आर्सनल २–० गोलले विजयी भएको हो । आर्सनललाई विजयी गराउन हेन्रिक मख्तरियान र आरोन राम्सेले एक–एक गोल गरे ।

त्यस्तै, यूरोपा लिगको अन्तिम १६ को पहिलो लेगका अन्य खेलहरुमा स्पेनको एथ्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोलाई ३–० ले, फ्रान्सको लियोंले रुसको सिएसकेए मस्कोलाई १–० ले, फ्रान्सको मार्सेले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३–१ ले तथा अष्ट्रियाको आरबी साल्जबर्गले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–१ ले हराएका छन् ।

उता, ईटालीको लाजियो र युक्रेनको डाईनामो किभले भने २÷२ गोलको बराबरी खेलेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया