शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई घरेलु मैदानमा पराजित गरेको छ । खेलमा म्यान्चेस्टर युनाइटेड २–१ गोलले पराजित भएको हो । घरेलु टोलीको लागि खेलको १४ औं र २४ औं मिनेटमा मार्कोस रासफोर्डले गोल गरे भने ६६ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडकै खेलाडी इरिक बेलीले आत्मघाति गोल गरेका थिए ।

त्यस्तै, शनिबार राति नै सम्पन खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको छ । चेल्सीको लागि खेलको २५ औं मिनेटमा विलियानले तथा ३२ औं मिनेटमा मार्टिन केलीले आत्मघाति गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसको लागि खेलको इन्जुरी समयमा प्याट्रिक भानएनहोल्टले गोल गरेका थिए ।

अन्य खेलहरुमा एभर्टनले ब्राइटनलाई २–० गोलले, न्यूक्यासलले साउथह्याम्पटनलाई ३–० गोलले, लेस्टर सिटीले वेष्ट वर्मलाई ४–१ गोलले पराजित गरेको छ ।

अंक तालिका

 

फेसबुकबाट तपाईको प्रतिक्रिया