स्पेनिस क्ल रियल मड्रिडले एइबारलाई २–१ गोलले पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा रियलको लिगो खेलको ३४ औं तथा ८४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे । त्यस्तै खेलको ५० औं मिनेटमा इभान रामिसले घरेलु टिमको लागि गोल गरेका थिए ।

त्यस्तै, शनिबार राति नै सम्पन्न खेलमा बार्सिलोनाले मालागालाई २–० गोलले पराजित गरेको छ । मालागाको घरेलु मैदानमा भएको खेलमा १५ औं मिनेटमा लुईस स्वारेज तथा २८ औं मिनेटमा फिलिप कोउटिन्होले गोल गरे ।

उता अर्को खेलमा भने भ्यालेन्सियाले सेभियालाई पराजित गरेको छ । भ्यालेन्सियाले २–० गोलले हराउने क्रममा रोड्रिगोले खेलको २५ औं तथा ६८ औं मिनेटमा गोल गरे ।

शनिबारको खेलसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ११ अंकको अग्रता कायम गरेको छ । २८ खेलबाट बार्सिलोनाले ७२ अंक जोड्दा २७ खेलबाट एथ्लेटिको मड्रिडले ६१ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ५७ अंक तथा चौथो स्थानमा रहेको भ्यालेन्सियाको ५६ अंक रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया