आइतबार राति सम्पन्न स्पेनिस लिग ला लिगामा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई सहज रुपमा हराएको छ । घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा भएको खेलमा सेल्टाबिरुद्ध ३–० गोलको जित दर्ता गरेको हो ।

घरेलु टिमको लागि ४४ औं मिनेटमा एन्टोनियो ग्रिजम्यान, ५६ औं मिनेटमा भिटोलो तथा ६३ औं मिनेटमा एंगेल कोरियाले गोल गरेका थिए ।

जितसँगै एथ्लेटिको मड्रिडले बार्सिलोनाको अग्रता तल झारेको छ । लिगमा २८ खेलबाट ७२ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ६४ अंक रहेको छ ।

त्यस्तै, आइतबारकै अन्य खेलहरुमा इस्यानियोलले रियल सोसिडाडलाई २–१ गोलले त था भिलारियलले लास पाल्माजलाई २–० गोलले हराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया