काठमाडौं । विश्वकप छनोट क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । जिम्बावेमा भएको खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेको हो ।

छनोट प्रतियोगिताको ३ खेल खेलेको नेपालले अहिलेसम्म जीत हात पार्न सकेको छैन । नेपाल समूहको अन्तिम स्थानमा रहेको छ भने हङकङले समान खेलबाट अफगानिस्तानविरुद्ध जीत हात पार्दै २ अंक बटुलेको छ।

हङकङलाई पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गर्ने बाटो खुला राख्ने उदेश्य सहित नेपाल मैदानमा उत्रिएको छ । हङकङ पनि जीत हात पार्दै सुपरसिक्समा स्थान बनाउन लागिपरेको छ ।

झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै छ।

यदि हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ। लाईभ हेर्नका लागि रातो अक्षरमा क्लिक गर्नुहोस् । NEPAL VS HONG KONG

फेसबुकबाट तपाईको प्रतिक्रिया