काठमाडौं । दिनप्रतिदिन संगठन कमजोर बन्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरुको करिअर अन्धकारमय बन्दै गएको छ । करिअर प्लानिङको अभावमा आफ्नो भविष्य न अन्योलता छदै छ, साथै अवसरहरु पनि गुम्दै गएका छन् ।

पछिल्लो समय राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसरका कारण संगठनमा धेरै सुधार हुँदै आएको थियो । मिसनमा जाँदा प्रशस्त कमाई हुने भएको संगठनका अधिकारीहरुले शुद्धीकरण आएको थियो । तर, प्रहरीका त्यही अवसर पनि गुम्दै गएको छ, त्यो पनि संगठनको नेतृत्व कमजोर भएकै कारण ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको यूएन मिसन अब सुडान र दक्षिण सुडानमा मात्र केन्द्रीत हुँदै छ । लाइबेरियामा मिसन बन्द भइसकेको छ भने नेपाल प्रहरीको पहिलो एफपियू मिुन हाइटी पनि अबको एक वर्षभित्र बन्द हुने निश्चित छ । सुडानमा पनि त्यहाँको सरकारले राष्ट्रसंघसँग राम्रो सम्बन्ध नहुँदा भिसा प्रक्रियामा समस्या हुँदै आएको छ ।

विगतमा एकैपटक ४ सय सम्म अधिकारीहरु यूएन अनपोल मिसनमा जाने गर्दथे । अहिले त्यो संख्या करिब एक सयमा झरिसकेको छ । ७० हजारभन्दा ठूलो संगठनमा थोरै मात्र मिसनमा जान पाउने भएकाले प्रहरीको जागिरको आकर्षण पनि घट्दै गएको छ । यही कारण पनि कतिपयले राजिनामा दिन थालेको विश्लेषण छ । आजको दृष्टि साप्ताहिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया