काठमाडौं । बलिउड स्टार सलमान खान नेपाल आउने नयाँ मिति जुरेको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि स्थगित भएको उनको कार्यक्रम अब मे ५ लाई सरेको छ ।

‘दबंग द टुर’ नाम दिइएको यो कार्यक्रम मे ५ का लागि पक्का भएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले जानकारी दिए ।.

.टुँडिखेलमा हुने कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया