काठमाडौं । सानेपास्थित स्टार अस्पताल १२ वर्ष पुरा गरी १३ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा अस्पतालले फागुन महिनाभर विविध कार्यक्रमको आयोजना गरेको थियो।

अस्पतालले मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा साइकल ¥याली, निशुल्क स्वास्थ्य शिविर, उपचार शुल्कमा छुट लगायतका कार्यक्रम गरी वार्षिकोत्व मनाएको हो।

वार्षिकोत्वसका अवसरमा अस्पतालले वर्षको उत्कृष्ट कर्मचारी र १० वर्ष देखि निरन्तर सेवा गर्दै आइरहेका कर्मचारीलाई पनि सम्मान गरेको छ। अस्पतालको प्रशासनमा कार्यरत मृदु ढकाललाई वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार र सम्मान प्रदान गरिएको हो। पुरस्कारको राशी १० हजार रहेको छ। उनलाई अस्पतालका अध्यक्ष इन्जिनियर बसन्तचन्द्र मरहठ्ठा र प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले सम्मान गरेका हुन्।

यसैगरी, १० वर्षदेखि सेवारत कर्मचारीहरु डा सन्देश जिसी, नारायण राव, शर्मिला पोखरेल देवकोटा, भुवन कुमार यादव, शरिना शाक्य, सरिता मरहठ्ठा, देवकुमार श्रेष्ठ र विना गुरुङलाई पनि सम्मान गरिएको छ। अस्पतालको विकासमा निरन्तर खटिरहेको भन्दै उनीहरुलाई सम्मान गरिएको अध्यक्ष मरहठ्ठाले जानकारी दिए।

सम्मान ग्रहणपछि खुसी व्यक्त गर्दै डा सन्देश जिसीले भने, ‘बिरामीको सेवामा निरन्तर खटिरहँदा १० वर्ष वितेको पत्तै भएन । यो सम्मानले थप जिम्मेवारी प्रदान गरेको छ ।’ उनले अस्पतालको यो सफलतापछाडि सबै टिमको महत्वपूर्ण योगदान रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया