काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा परि ज्यान गुमाउनेको शव आज परिवारको जिम्मा लगाइँदैछ ।

दुर्घटनामा मृत्यु भएका सबै ४९ जनाको शव आज पोष्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।

मृतक सवैको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज राखिएको छ । विमानमा आगो लागेका कारण शव जलेकाले सनाखत गर्न समस्या भएको छ । ४० वटा शव जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

बंगलादेशको ढाकाबाट उडेको यूएस बंगला एयरलाईन्सको विमान, सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया