प्रधानन्यायाधीश गोपाल पराजुलीकोे अवकाश भइसकेको तर्क गर्दै सोमबार बृहत् पूर्ण इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार सर्वोच्चमै उपस्थित थिए । तर, उनको इजलास तोकिएको थिएन । इजलास तोकिएका सातसहित जम्मा आठ न्यायाधीशले मंगलबार आफ्नो अनुपस्थिति जनाए ।

वरिष्ठतममध्येका न्यायाधीश दीपकराज जोशी बिदामा भएपछि मंगलबार संयुक्त इजलास पनि प्रभावित भयो भने न्यायाधीश चोलेन्द्र दिनभर सर्वोच्चको कार्यकक्षमा बसेर अपराह्न बाहिरिए । उनले प्रधानन्यायाधीश पराजुलीलाई भेटेनन् ।

प्रधानन्यायाधीश पराजुलीको बृहत् पूर्ण इजलासमा सोमबार कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्ध परेको अवहेलना मुद्दाको सुनुवाइ हुँदै थियो । तर, न्यायाधीश राणाले २१ साउनमै प्रधानन्यायाधीश पराजुलीको अवकाश भएको भन्दै प्रधानन्यायाधीशको इजलासमा बस्न अस्वीकार गरे । त्यसपछि मुद्दा स्थगित भएको छ ।आजको नयाँ पत्रिकामा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया