काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् वैज्ञानिक स्टेफन हकिङ्गको निधनमा दुःख व्यक्त गरेका छन् ।

फेसबुक पेजमा स्ट्याटस लेख्दै प्रचण्डले भौतिकशास्त्र र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा हकिङ्गले पुर्याएको अतुलनीय योगदानलाई सम्झिएका छन् ।

‘हकिङ्ग यो युगका महान् वैज्ञानिक मात्र थिएनन्, करोडौं व्यक्तिहरूका लागि प्रेरणाका श्रोत पनि थिए,’ प्रचण्डले लेखेका छन्, ‘अपाङ्गता भएर पनि जीवन र जगतका लागि ठूलो भूमिका खेल्न सकिन्छ भन्ने प्रमाणित गरेका हकिङ्गको निधनबाट विज्ञान र मानव जातिलाई ठूलो क्षति भएको छ ।’

अमेरिका निवासी हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी शरीरका थुप्रै भाग नचल्ने बिमारीबाट पीडित थिए ।

स्टीफन हकिङ्गलाई न्युटनपछि ठूलो वैज्ञानिक मानिन्छ । ब्याल्क होल पत्ता लगाएका हकिङ्ग खगोलशास्त्रका चर्चित वैज्ञानिक हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया