काठमाडाैं । चलचित्र नेप्टेको ट्रेललाई दर्शकहरुले मन पराएका छन् । सोमबार हाइलाइट्स् नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको उक्त चलचित्रको ट्रेलरलाई हालसम्म २ लाख ५२ हजार पटक हेरिएको छ ।

चैत्र ३० गते रिलिज हुने उक्त फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

रोहित रुम्बाकै लगानीमा बनेको फिल्मका निर्देशक देबकुमार श्रेष्ठ हुन् । फिल्ममा नायक दयाहाङ राई पहिलो पटक खलनायकको भूमिकामा देखिएका छन् । फिल्म भित्र दयासँग रोहित र बुद्धिको द्धन्द्ध देखाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया