काठमाडाैं । नेपाली काँग्रेस  पटक-पटक  विवादमा अाइरहेका सर्वोच्च अदालतका  प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा उभिएको छ ।

पराजुलीको विषयमा   सर्वोच्च अदालतका न्यायाधीशहरु नै विभाजित भइरहेका बेला सत्तारुढ दलहरुभित्र प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने चर्चा चल्न थालेपछि काँग्रेस पराजुलीको पक्षमा उभिएको हो । काँग्रेसले उनलाई महाअभियोग नलगाउन खबरदारी गरेको छ ।

पार्टी कार्यालय सानेपामा  आयोजित एक कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नपाइने बताएका छन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया