काठमाडौं । सानै उमेरदेखि गीत संगीत र अभिनयमा रुचि भएका दीपक काफ्ले को जन्म स्याङ्जा वालिङ्म मा भएको थियो। गाउँ ठाउँ र परिवेश नै संगीतमय र कलामय भएर पनि होला अभिनयको मोहले दीपकलाई पनि तान्यो र आफ्नो क्षमता प्रस्तुतिको आगनी खोज्न थाले।

अन्ततः दृढ आत्मविश्वास र लगावले कलाकारिताको क्षेत्रमा प्रबेश गरि छाडे दीपक काफ्ले। सांगीतिक क्षेत्रको प्रवेशसँगै हुर्किएको उनको अभिनय यात्रामा उनले धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन्। यसैक्रममा उनीद्वारा अभिनित आधुनिक गीति एल्बम “मृत्यु कहाँ” भर्खरै बजारमा आएको छ।

जीवनको यथार्थतालाई विषयवस्तु र मूल आधार बनाएर सिर्जना गरिएको उक्त गीतमा आवाज रामकृष्ण ढकालको रहेको छ। संतोष केसी काे संगीत र सुरज गैरे बिवसको शब्द रहेको गीतको म्युजिक भिडियोमा रजनी केसी दीपक काफ्ले र विष्णु गैरेको अभिनय रहेको छ। टेकेन्द्र शाहको सम्पादन र दुर्गा पौडेलको छायांकन रहेको गितलाइ कुमार के सि ले निर्देशन गरेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया