काठमाडौं । पछिल्लो समय निकै चर्चामा आएकी लोकदोहोरी गायिका रिया घलेले विवाह गरेकी छन । सार्वजनिक भएको भिडियो हेर्दा गायिका घले मस्किदै आफना दुलाहा गोकुलका साथमा जग्गेमा बसेकी छन । जग्गेमा निकै खुसी देखिएकी रियाको वास्तविक विवाह भने होइन । यो त केवल उनको पछिल्लो पञ्चेबाजाको गीत को म्युजिक भिडियो हो ।

गीतको म्युजिक भिडियोमा गोकुल र रिया दुलाहा दुलहीको पहिरण जग्गेमा देखिएका छन भने विवाहमा आएका जन्तीहरु गीतमा धुलो उडाउने गरी नाचेको दृश्य देखाउन खोजिएको छ । रिया घले र बलबहादुर गुरुङको स्वरमा रहेको उक्त गीतलाई प्रकाश मगरले शब्द तथा संगीत भरेका छन । गीतको म्युजिक भिडियोलाई रविन थापाले निर्देशन गरेका हुन । गीतलाई आकर्षक तरिकाबाट हरिनारायण चौधरीले छायाँकन गरेका हुन । गीतमा रिया, गोकुल, किस्मत, दिपासा, काशी र सुरेशलाई फिचरिङमा देखाइएको छ ।
हेर्नुहोस रिया दुलही भएको गीतको भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया