काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा धमाधम बढुवा सुरु भएको छ । तर, अर्को सुरक्षा निकाय राष्ट्रिय अनुसन्धान विभागमा भने बढुवाको कुनै गुञ्जायस नै छैन ।

प्रधानमन्त्री कार्यालय मातहतमा लैजाने तयारी भइरहेको विभाग प्रधानमन्त्री कार्यालय मातहत नै लगिएको छ न त गृह मन्त्रालयले नै वास्ता गरेको छ । खासगरी विभागमा लामो समयदेखि रिक्त पदहरुमा बढुवाको लागि कसैले पनि चासो नदिँदा विभागका अधिकारीहरुमा निराशवोध छाएको छ ।

विभागमा ठूलो संख्यामा पदहरु रिक्त छन् । हाल विभागका २ अनुसन्धान निर्देशक (डिआईजी १० सह अनुसन्धान निर्देशक (एसएसपी) १३ उप अनुसन्धान निर्देशक (एसपी) तथा २० प्रमुख अनुसन्धान निर्देशक (डिएसपी) पद रिक्त छन् । तल्लो तहमा पनि धेरै रिक्त छन् । जवान तहमा भर्ना नभएको ४ वर्ष भइसकेको छ । आजको दृष्टि साप्ताहिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया