काठमाडौं । २०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी थिएन। त्यसदिन जापान जान खोजेकी कान्छी छोरी सविनाको इच्छा पूरा भएको थियो। भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन।

एक वर्षभन्दा वढी जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा भाषा सिकेकी १९ वर्षीया सबिना १० वर्षअघिदेखि जापानमा हराइरहेकी हुन्। महर्जन परिवारले सरोकार राख्ने सबै निकायमा खोजी गरे पनि अहिलेसम्म कनै पत्तो लगाउन सकेको छैन। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया