लिभरपुलका खेलाडी मोहम्मद सालाहले एक महत्वपूर्ण अवार्ड हात पारेका छन् । उनले फुटबल राइटर्स एसोसियसन (एफडब्लूए) फुटबल अफ दि एयर अवार्ड हात पारेका हुन् ।

यस सिजनमा सालाहले निकै राम्रो खेल प्रदर्शन गरेका छन् । उनले यसै सिज ४३ गोल गरेका छन् । केही समयअघि उनले पिएफए प्लेयर अफ दि अवार्ड जितेका थिए भने अन्य प्रतिष्ठित अवार्ड समेत हात पारेका थिए ।

उनले म्यानचेस्टर सिटीका केभिन डी ब्रुनेलाई पछि पार्दै अवार्ड आफ्नो पोल्टामा पारेका हुन् । यस टाइटलमा टोटनह्यामका हेरि केन तेस्रो भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया