काठमाडौं । चलचित्र ‘बेबी आई लभ यू’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तेरो मेरो’ मेल भर्सनको गीत मंगलबार साँझ सार्वजनिक गरिएको हो ।

लिचि ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको सार्वजनिक गीतमा फिल्मका नायक सन्तोष खड्गीको संगीत तथा स्वर रहेको छ ।

फरक लभ स्टोरी फिल्म‘बेबी आई लभ यू’मा सन्तोष खड्गी, पुजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, रेसम बुढाथोकि, एपसोन पन्थि, बिमला गिरी, किरण के शर्मा लगायतले अभिनय रहेको छ भने कार्टूंन्ज क्रिउ बिशेष भूमिकामा देखिएका छन् ।

जनक पाण्डेको निर्देशन, सुरज आचार्यका छायांकन रहेको फिल्मलाई शिव न्यौपानेले निर्माण गरेका हुन् । फिल्मको पटकथा, संगीत सन्तोष खड्कगीकै रहेको छ भने गीतलाई सन्तोष खड्गी, निर्मल विक, प्रियंका शर्मा लगायतले स्वर दिएका छन् । फिल्मको सम्पादन सुवास देवकोटाले गरेका हुन् ।

चलचित्र आउँदो जेठ १८ गतेबाट अल नेपाल रिलिज हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया