बलिउड नायिका प्रियंका चोपडाले गुपचुप बिहे गर्ने चर्चा केही दिनयता निक्कै फैलिएको थियो । उनले हातमा एक ब्रास्लेट लगाएको फोटोसँगै उनको बिहेको हल्ला फैलिएको हो । उनले हातमा लगाएको ब्रास्लेट मंगलसुत्र भएको भन्दै उनको बिहेको चर्चा बलिउडमा चलेको हो । हल्ला फैलिएसँगै अब भने प्रयांकाले वास्तविकता के हो भन्ने विषयमा जवाफ दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विहेको मंगलसुत्र भनिएको ब्रास्लेटको तस्बिरसहित जवाफ दिएकी छिन् । बिहेको खबरका विषयमा उनले लेखेकी छिन्, ‘साथीहरु शान्त हुनुस् । यो बिहेको अफवाहमात्रै हो । मेरो बिहे गुपचुप हुँदैन जब हुन्छ म सबैलाई भन्छु ।’

प्रियांका पछिल्लो समय आसाममा छिन् । उनी असामको टुरिजिमकी बाण्ड एम्बेसडर हुन् । त्यही सिलसिलामा उनी अहिले एक विज्ञापनको सुटिङका लागि आसाम पुगेक हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया