आज राति च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुल र रोमा एक आपसमा भिड्दैछन् । पहिलो लिगमा ५–२ गोलले लिभरपुल विजयी भएपछि आज रोमाको घरेलु मैदानमा हुने खेलमा रोमा फाइनल प्रवेशको लागि कम्तीमा ३–० गोलको स्पष्ट जित आवश्यक छ ।

खेलमा रोमाका पूर्वखेलाडी समेत रहेका लिभरपुलका मोहमद सलाह आजको खेलको मुख्य खेलाडी हुनेछन् । सलाहले पहिलो लिगमा आफ्नो रोमाबिरुद्ध २ गोल गरेका थिए ।

लिभरपुलले क्वाटरफाइनलमा प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीलाई समग्रमा ५–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । त्यस्तै इटालियन क्लब रोमाले भने बार्सिलोनालाई दोस्रो लिगमा ३–० गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

लिभरपुलका प्रशिक्षक युर्गेन क्लोपले पहिलो लेग जितेपछि प्रतिक्रिया दिँदै रोमाले दोस्रो लेगमा कमब्याक गर्ने सम्भावना कमजोर रहेको बताएका थिए ।

अन्तिम ६ भेट

यी दुई टिमको अहिलेसम्मको खेल हेर्दा दुवै टिमले खेलका ६ खेलमा लिभरपुलले ३ खेलमा जित हासिल गरेको छ । त्यस्तै रोमाले एक खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् ।

विगतको खेल हेर्दा र घरेलु मैदानको फाइदा रोमा निकै बलियो देखिन्छ । बार्सिलोना जस्तो हस्ती टिमलाई ३–० ले पराजित गरेको रोमाले सोहि खेल दोहोराए च्याम्पियन्स लिगको फाइनलमा पुग्ने छ । रोमा फाइनलमा पुग्न कम्तिमा ३ गोल गर्नु पर्ने छ । रोमाले समग्रमा ग्ल बराबर बारे लिभरपुलको घरेलु मैदानमा गरेको दुई गोलको एडभान्टेजको आधारमा फाइनलमा पुग्ने छ भने लिभरपुलले भने रोमालाई ३ गोल गर्न रोके मात्र पनि फाइनलमा पुग्ने छ ।

खेल गुमाउनेहरु

लिभरपुलका खेलाडी एडम ललाना, जोएल मटिप, च्याम्बरलिन, गोमेज र एम्रे कान खेलका लागि उपलब्ध हुने छैनन् ।

त्यस्तै, रोमाका खेलाडी कार्सड्रप, डेफरेलले चोटको कारण खेल गुमाउनेछन् भने पेरोट्टी र स्ट्रुटम्यानले पनि खेल गुमाउने सम्भावन प्रवल छ ।

त्यस्तै रोमाले भने अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेको छैन । रोमा सन १९८४ मा लिभरपुलसँगै फाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

यस खेलका विजेताले च्याम्पियन्स लिगको फाइनलमा उपाधिका लागि रियल मड्रिडको सामना गर्नुपर्ने छ । रियलले बार्यनलाई समग्रमा ४–३ गोलले पराजित गरेको हो । फाइनल खेल यहि मे २७ मा हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया