अमेरिका स्थित मोनटानामा रहेको हेलेना हाइस्कुलकी एक छात्रा हाल विश्वभर चर्चा कमाइरहेकी छिन् । स्कुलमा ब्रा नलगाउने अभियान चलाएपछि उनी र उनको अभियानले विश्वभर चर्चा पाइरहेको छ ।

स्तनहरुलाई खुल्ला छोड्नुपर्छ र ब्रालेस भएर हिड्न पाउनुपर्छ भन्दै उनले अभियान चलाएकी थिइन् । काइटलिन जुभिक नाम गरेकी किशोरी लगायत उनको समुहमा रहेका साथीहरुले स्कुल गएको कुनै दिन पनि ब्रा लगाएनन् ।

अरुलाई आकर्षण गर्न भन्दा पनि कक्षा कोठामा सजिलो भएर बस्नका लागि उनी तथा उनका साथीहरुले ब्रा नलगाउने गरेका थिए । नो ब्रा डेको अभियान आयोजना गरेकी कइटलिन जुभिकले आफ्नो ब्लगमा लेखेकी छिन्ः

हेलेन हाइ स्कुलमा मेरो चौथो पिरोडको कक्षा सकिएपछि म खाजा खानका लागि साथीहरुसँग जादै थिए । त्यत्तिकैमा मलाई मेरो हाइस्कुलको सह प्रध्यापकले हलवेमा रोक्नुभयो ।

उहाँले सोध्नुभयो,‘आज तिमीले केही बिर्सिए जस्तो छ’। उनले केही अबझ्दो पारामा थप्दै भन्नुभयो,‘ तिमीले लगाएको अनुपयुक्त पहिरनबारे कुरा गर्न आवश्यक छ ।’

मैले प्रतिउत्तरमा भने, ‘छैन ।’ तर म भम्रित भएकी थिए ।

‘तिमीले ब्रा लगाएकी छौ ?’ उनले सोधिन्

‘छैन’ मैले जबाफ फर्काए ।

‘ठीक छ, तिमीले तिम्रा स्तनहरु छोप्नुपर्छ वा ब्रा लगाउनुपर्छ । यहाँ धेरै पुरुष शिक्षकहरु र विद्यार्थीहरु रहेका छन् । तिम्रो यस्तो हर्कतले उनीहरुलाई असहज महसुस हुन्छ । उनीहरु त्यो देख्न चाहादैनन् ।’

मैले आफु अपमानित भएको महसुस गरे । म सबै नियम उल्लघन गरेको महसुस गरे । तर मैले यसो सोचे मैले स्तनहरु देखाउँदै हिडेकी थिइन् । उहाँले मलाई सोझै तिमीले ब्रा लगाएकी छैनौ भनेर सोध्न पनि सक्नुहुन्थ्यो त ? म झुक्दा पनि उहाँले केही देखेर भन्न पनि सक्नुहुन्थ्यो र उहाँले केही पनि देख्नु भएन ? उहाँले सोचेको जस्तो मान्छे म थिइन ।

ब्रा नलगाउने निर्णय मेरो थियो । मलाई ब्रा नलगाउँदा निकै सहज महसुस हुन्छ । मेरो कतिपय साथीहरुले कहिल्यै ब्रा लगाउँदैनन पनि । म सह प्रध्यापकको प्रतिक्रियाले छेदबिछेद भएकी थिए । त्यही भएर मैले भने ‘मैले मैले दायाँ र अगाडी केही राखेकी छु ।’

तर पछि मैले ह्याण्डबुकमा हेरे । मैले ब्राका बारेमा खासै केही देखिन शिवाय ब्रा स्ट्राप देखाउन पाइनेछैन । त्यो मेरो लागि कुनै समस्या थिएन ।

यो कुरा मैले स्न्यापच्याटमा पोष्ट गरे । हजारौ मानिसहरुले मलाई कन्ट्याक गरे । सबैजना पागल थिए । एकजना मेरो साथीले टेक्ट गर्दै जति सक्दो चाँडो ‘नो ब्रा डे’ आयोजना गर्न सुझाव दिइन् ।

हामीलाई धेरैजना मानिसहरुले सहयोग गरे । यो सहज पनि थियो । हामी सबैले ब्रा नलगाइ स्कुल जाने योजना गर्यौ । हामी कसैलाई हानी गर्न चाहान्थेनौ । हामी प्रशासनलाई निराश बनाउन चाहान्थेनौ । यो योजना हाम्रो लागि थियो ।

यो सबै कुरा लैंगिक समानता तनथा मानिसहरुलाई महिलाको शरिरलाई यौन वस्तुको रुपमा नहेर्नका लागि पाठ पढाउनु थियो । हामी केटाहरुलाई सहज अवस्था कसरी बनाउन सक्छौ भनेर सोध्ने पनि गथ्यौ । यदि मेरो स्तनहरुले तिमीलाई असहज बनाइरहेको छ भने स्तनहरुमा किन हेर्छौ ?

केटीहरुलाई ब्रा बिना कसरी सहज रुपमा हिड्न सकिन्छ भनेर देखाउन र असहज वातावरणलाई सहज बनाउनु थियो ।

मैले यो कसैको आकर्षण खिच्न गरेको होइन । मैले सोचेकी थिइन यो विषय यति ठुलो बन्ला भनेर ।

२७ मे मा हामी ब्रा नलगाइ स्कुल गयौ । धेरै शिक्षकहरु र विद्यार्थीहरुले यसबारे टिकाटिप्पणी गरिरहेका थिए ।

मलाई त्यो दिन प्रिन्सिपलको कक्षमा चार पटक लगियो । एउटा मिटिङमा त प्रिन्सिपलले मानिसहरुलाई पढ्न असहज बनाउने र यो विषय हात बाहिर जाने भन्दै फेसबुक पेज हटाउन समेत भने ।
म चरम निराश भइसकेकी थिए । उनी त्यस्ता व्यक्ति थिए जसले मेरो पढ्ने ध्यानलाई अन्तै मोडिरहेका थिए, हाम्रो क्लास अर्कोतर्फ चलिरहेको थियो । यसकारण की हामीले ब्रा लगाएका छैनौ । मैले भन्ने कोसिस गरे कि हामी आफै यस विषयमा अगाडि उभिएका हौ र यसो भनिरहन मेरो पुर्ण वाक स्वतन्त्रता छ ।

म बाहिर रुदै कराउँदै निस्किए । म पागल नै भएकी थिए ।

मेरो एकजना साथीले स्थानीय पत्रिका स्टेशनले यसबारे इच्छा देखाएको र बोल्न चाहेको बताइन् । म त्यसबखत निकै दुखित थिए । मैले सोचेः किन नगर्ने ?

हेलेनामा एकपटक समाचार आयो, त्यसपछि फेसबुक हुँदै विभिन्न स्टेशनबाट प्रकाशित भयो । त्यसपछि यो त भाइरल नै बन्यो ।

मलाई युके, फ्रान्स तथा भारतबाट धेरै मानिसहरुले सम्पर्क गरे । मबारे व्यापक टिकाटिप्पणी समेत भए । केही मानिसहरुले मेसेज गर्दै ‘आत्महत्या गर’, ‘तँ ठुलो वेश्या होस्’, ‘तेरो स्तन हेर्न कोही पनि चाहादैन’ भने । केहीले त तँ अरुको आकर्षण गर्न खोजेकी मात्र होस् समेत भने ।

मेरो सुन्दर मोटो छाला रहेका छ । तर उनीहरुको कमेन्टबारे मैले चासो दिन छोडिसकेकी थिए ।

यो सबै लाज समाप्तिको अन्त्य थियो । यो केटीहरुमा प्रयोग हुने डबल स्टाण्र्डको अन्त्य थियो ।

यो मबाट सुरु भएको थियो । तर यो मेरोबारेमा मात्र भने थिएन । यो सबै महिलाहरु जो आफ्नो शरिरको सहजताका लागि ब्रा नलगाइ हिड्नेहरुका लागि थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया