काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमान्को कुटपिटबाट घाइते भएकी छन् । अरुलाई न्याय दिलाउने न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर अधिकारीलाई श्रीमान् ध्रुव कुँवरले कुटपिट गरेका हुन् ।

मंगलबार साँझ श्रीमान्को कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमान्विरुद्ध उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया