फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक नयाँ डेटिङ गेमलाई लन्च गर्ने तयारीमा रहेको घोषणा गरेका छन् । उक्त नयाँ फिचरले प्रयोगकर्ताहरुलाई सम्भवतः अर्थपूर्ण सम्बन्ध निर्माण गर्न सहयोग पुर्‍याउनेछ ।

फेसबुको एनुएल डेप्लोपर कन्फ्रेन्समा एफ ८ मा बोल्दै उनले मंगलबार त्यस्तो घोषणा गरेका हुन् । कन्फ्रेन्समा कम्पनीको कार्यकारी समितिले कम्पनी त्यस फिचर विकास गर्ने काममा विगत केही वर्षदेखि लागिरहेको खुलासा गरेको छ ।

जुकरबर्गले फेसबुकको चाहना आफ्ना प्रयोगकर्ताहरुलाई उनीहरुको दीर्घकालिन सम्बन्ध बनाउन मद्दत पुर्‍याउन केन्द्रित रहेको बताएका छन् ।

उक्त नयाँ फिचरमा सुरक्षा तथा गोपनियताको विषयलाई सुरुवातबाट नै समेटिएको बताइएको छ ।

उक्त फिचर फेसबुक एपमा समावेश गरिनेछ, स्क्रिनको माथिल्लो दाहिने भागमा एउटा आइकनको माध्यमबाट प्रयोगकर्ताहरु ‘डेटिङ होम’ पोर्टलमा पुग्न सक्छन् ।

प्रयोगकर्ताहरुले त्यहाँ आफ्नो पहिलो नाम राखेर नयाँ डेटिङ प्रोफाइल बनाउनसक्छन् । त्यो प्रोफाइन अन्य साथी वा न्युज फिडमा देखा पर्ने छैन । उक्त प्रोफाइल तिनै साथीहरुले देख्नेछन् जसले त्यस्तो सेवा सुरु गरेका हुनेछन् ।

उक्त साइटमा स्क्रोल गरेपछि आफ्नो रुची अनुसार आफ्नो क्षेत्रमा भइरहेका इभेन्टहरु देख्न पाइन्छ ।

अन्य प्रयोगकर्ताहरुसँग कुराकानी गर्न ‘इन्ट्रेस्टेड’ बटममा गएर क्लिक गर्नुपर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया