काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट १३ सदस्यीय कार्यमिति सर्वसम्मत चयन भएको छ।

महाधिवेशनले आगामी ५ वर्षका लागि शतक रक्त दाता प्रेमसागर कर्माचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको उपाध्यक्षमा ध्रुव थपलिया, महासचिवमा राधाकृष्ण तण्डुकार, सचिवमा राजन महर्जन, कोषाध्यक्षमा मीना श्रेष्ठ र सदस्यहरूमा क्रमशः कृष्ण चौहान क्षेत्री (रूपन्देही), टंक परियार (सल्यान), श्याम गौतम (दोलखा) , शिव कुमार शाह (धनुषा), गुञ्जन कुमार गुप्ता (कपिलवस्तु), तिर्थराज अवस्थि (कास्की) , रश्मि रोका मगर (म्याग्दी) र भिम बिक (कैलाली) छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया