बलिउडकी देशी गर्ल प्रिंयका चोपडाले आफ्नो मिहेनतका कारण बलिउडमा राम्रो स्थानमा बनाउन सफल भएकी हुन् । बलिउडमा हर किसिमका भुमिका निर्वाह गरेकी प्रियंकाको चर्चा हलिउडमा पनि उस्तै रहेको छ । सन् २००० मा मिस वल्र्डको ताज जितेकी उनले फिल्म ‘द हिरो’ बाट फिल्मी करिअर सुरु गरेकी थिइन् ।

तर फिल्म ‘अन्दाज’ मा रहेको भुमिकालाई लिएर उनको बलिउडमा चर्चा सुरु हुन थालेको थियो । तर बिस्तारै उकालो लागेको उनको बलिउड करिअरमा उनले धेरै ठुला विवादहरुको सामना समेत गर्नु परेको थियो । फिल्महरुमा दिएका हट किसका कारण उनी विवादको घेरामा तानिएकी थिइन् भने चर्चामा पनि रहेकी थिइन् ।

हरेक भुमिकालाई अत्यन्तै न्याय गर्ने उनको मिहेनतलाई बलिउड समिक्षकहरुले ठुलो तारिफ गर्ने गरेका छन् ।

१. अन्दाज (२००३)

फिल्म अंदाजमा प्रियंका चोपडाले पहिलो पटक अन स्क्रीन किस गरेकी थिइन् । फिल्ममा अक्षय कुमारसँग उनले अन स्क्रीन लिपलक किस सिन दिएकी थिइन् । यस पश्चात अक्षय कुमारकी श्रीमती टिवइकल खन्नासँग खटपट परेको थियो । त्यसपछि अक्षय र प्रियंकाका केही फिल्महरु बने । टिवइकलले असहजता देखाएपछि अक्षयले प्रिंयकासँग फिल्म नखेल्ने निर्णय गरेको बताइएको थियो ।

२. कमीने (२००९)

सन् २००९ मा रिलिज भएको फिल्म ‘कमीने’ मा प्रियंका साहिदसँग अन स्क्रीन किस सिन दिदै गरेको देखिइन् । त्यसबखत उनीहरु रियल रिलेशनसिपमा समेत रहेका थिए । आज पनि उक्त दृश्यलाई लिएर ठुलो चर्चा हुने गरेको छ ।

३. अंजाना अंजानी (२०१०)

मिडियामा साहिदसँगको किसिङ सिनले चर्चा लिइरहँदा उनको अर्को अन स्क्रीन सिनले ठुलो चर्चा पायो । सन् २०१० मा आएको फिल्म अन्जाना अन्जानीमा रनवीर कपुरसँग दिएको अन स्क्रीन सिनका कारण उनी बलिउडमा झन् चर्चामा रहिन् । यस फिल्ममा उनले दुईवटा किसिङ सिन दिएकी थिइन् ।

४. सात खुन माफ (२०११)

सन् २००९ यता लगातार किस सिन दिएकी प्रियंका चोपडा एकपटक फेरि अर्को फिल्ममा सेक्सी किस दिदै गरेकी देखिइन् । फिल्म ‘सात खुन माफ’ मा जोन अब्राहमसँग हट किस गर्दै देखिइन् ।

५. क्वाटिन्को (२०१५)

पछिल्लो समय प्रियका सर्वाधिक चर्चामा रहिन् । हलिउड सिरिज ‘ क्वाटिन्को’ मा दिएको बोल्ड एण्ड सेक्सी सिनका कारण । यस सिरिजमा उनले दुईवटा उत्तेजक अन स्क्रीन सिन दिएकी थिइन् । बाथरुमा उनले दिएको हट एण्ड सेक्सी सिनका कारण उनको हलिउड तथा बलिउडमा ठुलो चर्चा चलेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया